0
Shares
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम संचालन गर्ने बताएका छन् ।
उनले पर्यटन प्रवर्धनका लागि पाँच अर्ब ४६ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।
यस्तै, औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था गर्ने अर्थमन्त्रीले घोषणा गरेका छन् ।
अघिल्लो बजेटमा पनि यो घोषणा गरिएको भए पनि यसबारे कुनै पहल हुन सकेन ।