यो वर्ष पनि दुईवटा अटो शो: साउनमा नाइमा र भदौमा नाडा हुने

0 Shares

काठमाडौँ । अटो व्यवसायीका दुई छाता संस्था अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गत वर्षझैँ यस वर्ष पनि छुट्टाछुट्टै अटो शो आयोजना गर्ने भएका छन्।

गत वर्षदेखि सुरु भएको प्रतिस्पर्धा यस वर्ष पनि निरन्तर रहने देखिएको हो । नाडाले १५औँ संस्करणसम्म अटो शोमा एकछत्र उपस्थिति कायम गरे पनि गत वर्ष नाडाबाट अलग भएर गठन भएको नाइमाले छुट्टै अटो शो आयोजना गर्न थालेको हो।

जसअनुसार नाइमाले नाडाभन्दा अघि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ। अटो क्षेत्रका यी दुई संस्थाबिच कुन अटो शोलाई बढी प्रभावकारी बनाउने भन्ने प्रतिस्पर्धा यस वर्ष पनि हुने देखिएको छ।

दुवै संस्थाले अटो शोको मिति घोषणा गरेर तयारी तीव्र बनाएका छन्। व्यवसायीहरू नयाँ ब्रान्डका सवारीसाधन भित्र्याउने तथा सार्वजनिक गर्ने तयारीमा छन्।

गत वर्ष भएका दुई ठूला अटो शोले अटोमोबाइल क्षेत्रलाई चलायमान बनाएका थिए। यस वर्ष पनि त्यसले बजारलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

नाइमाले दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ आगामी साउन २६ देखि ३१ गते ९अगस्ट ११ देखि १६० सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।

एक्स्पोमा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक गरिनेछन्। प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल सवारी, विद्युतीय तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादन समेटिनेछन्।

यता नाडाको १८औँ नाडा अटो शो–२०२६ भने भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने भएको छ।

सम्बन्धित समाचार