नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सकियो

0 Shares

काठमाडौं। नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा)द्वारा आगामी भाद्र ९ देखि १४ गतेसम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाको भव्य प्रदर्शनीको १८औं संस्करण “एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६” आयोजनाका लागि गोला प्रथा सम्पन्न गरेको छ।

प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुन गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो। आज नाडा सचिवालयमा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारीहरु, केन्द्रीय कार्य समितिका सदस्यहरुसहित सम्पूर्ण सहभागी कम्पनीहरुका प्रतिनिधीको उपस्थितिमा यो कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा कम्पनीहरुलाई स्टल बाँडफाँड गरियो। गोला प्रथाद्वारा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुई पांग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सलाई स्टल एलट्मेन्ट गरिएको हो। नाडामा सहभागी कम्पनीहरुप्रति नाडाका महासचिव मिलनबाबु मल्लले हािर्दक आभार व्यक्त गरे।

सम्बन्धित समाचार