0
Shares
काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई हिरासतमा राख्नका लागि म्याद थप गर्न लागिएको छ।
सोमबार अपराह्न पौडेललाई विशेष अदालत, काठमाडौँमा उपस्थित गराइएको छ। म्याद थपका लागि पौडेललाई विशेष अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। विशेष अदालतले असार ८ देखि लागू हुने गरी सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
यसअघि अदालतले दिएको म्याद असार १४ गते सकिएको छ। त्यसैले थप हिरासतमा राख्नका लागि प्रहरीले विशेष अदालतबाट अनुमति लिन लागेको हो।