तत्कालीन प्रधानमन्त्री ओलीपछि लेखकले आयोगको प्रतिबेदन मागे

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धान, छानबिन र निर्णय प्रक्रियासँग सम्बन्धित कागजात उपलब्ध गराउन आयोगसमक्ष निवेदन दिएका छन्।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ अन्तर्गत आयोगमा दर्ता गरिएको निवेदनमार्फत उनले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले गरेको छानबिन प्रतिवेदन माग गरेका हुन्।

यस्तै नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधनमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलन सम्बन्धी आयोगको प्रतिबेदन मागेका थिए । आयोगको प्रतिबेदन एकपछि अर्को गर्दै नेताहरुले मागेका छन् ।

सम्बन्धित समाचार