अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

0 Shares

काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, काठमाडौँबाट दुई जना, दाङ र रूपन्देहीबाट एकरएक जना, कैलालीका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । गोरखाबाट दुई जना, बाँके र दार्चुलाबाट एकरएक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुनसरीबाट दुई, धनकुटाबाट पाँच, मोरङ र सिन्धुलीबाट एकरएक जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान जारी छ ।

सम्बन्धित समाचार