कोलकोताले तेस्रो पटक उचाल्यो आईपीएल उपाधि

0 Shares

काठमाडौं । कोलकोता नाइट राइडर्सले इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो ।

सनराइजर्सले दिएको ११४ रनको लक्ष्य कोलकोताले १०.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । कोलकोताका लागि बेंकटेश अय्यरले सर्वाधिक ५२ रन बनाए भने रह्मनुल्लाह गुरबाजले ३९ रन बनाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ्ग गरेको सनराइजर्सले १८.३ ओभरमा अल आउट हुँदै ११३ रन बनाएको थियो । सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्वाधिक २४ रन बनाएका थिए । एडन मार्क्रमले २० रन बनाएका थिए ।

त्यस्तै, कोलकोताका बलर आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए । हर्षित राना र मिचेल स्टार्कले २-२ विकेट लिएका थिए ।

यो जितसँगै कोलकोताले २०१२ र २०१४ पछि तेस्रो पटक आईपीएलको उपाधि जितेको छ । कोलकोता २०२१ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

सम्बन्धित समाचार