0
Shares
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १९ लाख ३१ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६३, संकेत बत्ती उल्लंघनकर्ता ९९ र तीव्रगतिमा सवारी साधन हुइँक्याएका ११५ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागूपदार्थ सेवन गर सवारी साधन सञ्चालन गर्ने तीन, निर्धारित मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारी साधन १९ अन्य सवारी नियम पालना नगरेका एक हजार ८१९ जनालाई कारबाही गरिएको हो ।