भेनेजुएलामा शक्तिशाली भूकम्पको धक्का

0 Shares

काठमाडौं । भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ । केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकाससहित अधिकांश क्षेत्रमा ठूलो प्रभाव परेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्पपछि करिब ४० सेकेन्डभित्र दोस्रो तथा थप शक्तिशाली भूकम्प गएको थियो । यी दुवै भूकम्प राजधानी काराकासको पश्चिम क्षेत्रमा केन्द्रित भएर गएको हो ।

लगत्तै हजारौँ मानिस घर र कार्यालयबाहिर निस्केर सडकमा जम्मा भए । भेनेजुएलाका गृहमन्त्री डियोस्दादो काबेलोले केही भवन तथा घरहरू भत्किएको पुष्टि गर्दै नागरिकलाई सावधानी अपनाउन र घरबाहिर बस्न आग्रह गरे ।

प्रारम्भिक मूल्याङ्कनअनुसार मृतक संख्या १० हजारभन्दा बढी पुग्ने सम्भावना रहेको बताइएको छ । भूकम्प स्थानीय समयअनुसार साँझ ६ः४ बजे गएको थियो । अहिले उद्धार तथा खोजी कार्य जारी छ ।

सम्बन्धित समाचार