सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार दिउँसो ल्याउने

0 Shares

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको जानकारी गराएका हुन् ।

उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद् भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् ।

बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।

सम्बन्धित समाचार