काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता समीक्षा बाँस्कोटाले पार्टीको नेतृवमा रवि लामिछाने, बालेन्द्र शाह र स्वर्णिम वाग्लेको नाम टुंगिसकेको बताएकी छन्।तीन दिनदेखि चितवनमा जारी रास्वपाको प्रथप महाधिवेशनको बन्द सत्र आज सुरु हुँदैछ। बन्द सत्रको पूर्वसन्ध्यामा बाँस्कोटाले पार्टी सभापतिमा लामिछाने, वरिष्ठ नेतामा शाह र उपसभापतिमा वाग्लेको नाम टुंगिसकेको बताएकी हुन्।
‘उहाँहरूको नाम सर्वसम्मत रुपमा नेतृत्वका लागि टुंगिसकेको छ,’ बाँस्कोटाले नेपालखबरसँग भनिन्, ‘त्यसबाहके अरु पदमा हामीबीच स्वस्थ प्रतिस्पर्धा हुँदैछ।’उनले बन्द सत्रमा भएको ढिलाईलाई ठूलो विषय मान्न नहुने बताइन्। ‘बन्द सत्रमा केही ढिलाई भएको छ। यो ठूलो काम गर्दा सानातिर कमजोरी भएका मात्रै हुन्,’ उनले भनिन्, ‘बन्द सत्रमा हिजो भएको कमजोरीबाट पाठ सिकेर अब बन्द सत्र अघि बढ्छ।’
नेता बाँस्कोटाले पार्टीको नीति, नेतृत्व र नियत ठिक हुनुपर्ने बताइन्।