0
Shares
काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एडवर्ड्स एयर फोर्स बेसबाट उडेको केही समयमै अमेरिकी वायु सेनाको बी ५२ बम वर्षक विमान दुर्घटना भएको छ । घटनामा आठ जनाको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ११ः२० बजे नियमित परीक्षण उडानमा रहेको विमान दुर्घटनामा परेको हो । दुर्घटनापछि आकाशमा कालो धुवाँको मुस्लो उठेको थियो ।
कर्नेल जेम्स हेजका अनुसार मृत्यु हुनेहरूमा सैन्यकर्मी, सरकारी कर्मचारी तथा सरकारी ठेक्कामा कार्यरत व्यक्तिहरू रहेका छन् । यसअघि एयर फोर्स बेसले प्रारम्भिक संकेतका आधारमा दुर्घटनामा परेकामध्ये कोही पनि जीवित बच्न नसकेको जनाएको थियो ।
हेजले प्रारम्भिक भिडियो फुटेजको समीक्षापछि दुर्घटनालाई “मलबा पूर्ण रूपमा क्षतिग्रस्त भएको र कसैको पनि जीवित उद्धार सम्भव नदेखिएको” घटनाका रूपमा हेरिएको बताए ।