कोलकोता आईपीएलको फाइनलमा

0 Shares

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा पुगेको छ ।

मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा कोलकोताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

सनराइजर्सले दिएको १६० रनको लक्ष्य कोलकोताले १३.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि सनराइजर्सले १९.३ ओभरमा अलआउट हुँदै १५९ रन बनाएको थियो ।

योसहित कोलकोता चौथो पटक आईपीएलको फाइनलमा पुगेको छ । यसअघि २०१२ र २०१४ मा उपाधि जितेको कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।

यस खेलमा हार बेहोरेको सनराइजर्स हैदरावादले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ । अब इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा सनराइजर्ससँग खेल्ने छ ।

इलिमिनेटरमा बुधबार रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्स खेल्दै छन् ।

सम्बन्धित समाचार