रियलमीले नेपालमा पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गर्‍यो

0 Shares

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले यी नयाँ मोडेलमार्फत उच्च प्रदर्शन, आधुनिक डिजाइन र एआई–आधारित प्रयोग अनुभव उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ ।

पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट, ६,००० एमएएच ब्याट्री र ८० वाट फास्ट चार्जिङ सुविधा रहेको छ । साथै यसमा १.५के एमोलेड डिस्प्ले, ५० मेगापिक्सेल सोनी क्यामेरा, १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज जस्ता विशेषता छन् । यसको मूल्य ६५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी पी३ फाइभजी मोडेलमा स्न्यापड्रागन ६ जेन ४ चिपसेट, ६,००० एमएएच ब्याट्री, ४५ वाट फास्ट चार्जिङ र १२० हर्ज एमोलेड डिस्प्ले समावेश गरिएको छ । फोनमा ५० मेगापिक्सेल एआई क्यामेरा, ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको छ । यसको मूल्य ४४ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

कम्पनीले नयाँ सिरिजले नेपाली उपभोक्तालाई अझ उन्नत र सहज स्मार्टफोन अनुभव दिने अपेक्षा गरेको छ ।

सम्बन्धित समाचार