चीन जाँदै परराष्ट्र मन्त्री खनाल

0 Shares

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै छन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा जान लागेका हुन् ।

भ्रमणमा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

भेटमा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ ।

खनाल नेतृत्वको नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर-पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायत सहभागी हुनेछन् ।

सम्बन्धित समाचार