काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी साओमीले अत्याधुनिक क्यामेरा प्रविधि र उच्च कार्यक्षमतासहितको आफ्नो नयाँ प्रिमियम स्मार्टफोन साओमी १७टी (Xiaomi 17T) नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
लेइका फाइभ एक्स (Leica 5X) क्यामेरा प्रणाली, आँखाको सुरक्षालाई प्राथमिकता दिने अत्याधुनिक ‘भिजन केयर’ डिस्प्ले र शक्तिशाली ब्याट्री ब्याकअप जस्ता विशेषतासहित आएको यो फोन आधुनिक प्रयोगकर्ताका लागि उत्कृष्ट विकल्प बन्ने कम्पनीको दाबी छ । नेपाली बजारमा १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यस फोनको मूल्य ८९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।
साओमीको अत्याधुनिक इमेजिङ प्रविधि र लेइका अप्टिक्सको अद्वितीय संयोजनले यस स्मार्टफोनमा ५० मेगापिक्सेलको शक्तिशाली मुख्य (Triple) क्यामेरा प्रणाली उपलब्ध गराएको छ, जसले अत्यन्त स्पष्ट र उच्च गुणस्तरका तस्बिरहरू खिच्न सक्दछ। ओआईएस (अप्टिकल इमेज स्टेबिलाइजेसन) प्रविधिसहितको यो फोन लेइका फाइभ एक्स टेलिफोटो क्यामेरा र उच्चस्तरीय लेन्स संरचनामा आधारित छ। यसमा ३० सेन्टिमिटरको दुरीबाट उत्कृष्ट म्याक्रो फोटोग्राफी गर्नुका साथै १० गुणासम्म अप्टिकल जुम र १२० गुणासम्म एआई (AI) आधारित जुम गर्न सकिने सुविधा छ, जसले गर्दा नजिक र टाढाका दृश्यहरू सहजै कैद गर्न मद्दत पुग्दछ ।
भिडियोग्राफीका सौखिनहरूका लागि यस स्मार्टफोनमा ४के ६० फ्रेम प्रतिसेकेन्ड (4K 60fps) को सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा समावेश गरिएको छ, जसले ब्याकग्राउन्ड ब्लर सहित जीवन्त दृश्यको अनुभव प्रदान गर्दछ । साथै परम्परागत स्थिर तस्बिरभन्दा अगाडि बढ्दै यसमा ‘लाइभ मोमेन्ट’ र ‘लाइभ पोट्रेट’ सुविधा दिइएको छ । यस प्रविधिले मुख्य क्षण मात्र नभई, सो क्षणसम्म पुग्ने गति, भावना र अभिव्यक्तिलाई समेत दुरुस्त कैद गरी दैनिक जीवनका दृश्यहरूलाई गहिरो अर्थ र सन्दर्भ प्रदान गर्दछ फोनमा १/१.५५ इन्च आकारको ठुलो इमेज सेन्सर तथा लेइकाको विशेष समिलुक्स (Leica Summilux) लेन्स संरचना रहेकाले कम वा बढी उज्यालो जुनसुकै वातावरणमा पनि उत्कृष्ट प्रकाश सन्तुलन कायम भई सूक्ष्म विवरणहरू स्पष्ट देखिन्छन् ।
साओमी १७ टी डिस्प्ले प्रविधिमा पनि निकै अगाडि देखिएको छ । यसमा पहिलो पटक अत्याधुनिक ‘भिजन केयर’ प्रविधि समावेश गरिएको छ । ३,५०० निट्सको अधिकतम चम्किलोपन (Brightness) क्षमता भएको यसको १.५ के एमोलेड (AMOLED) डिस्प्लेले वातावरणीय प्रकाश अनुसार स्वतः उज्यालो समायोजन गर्दै हानिकारक निलो प्रकाश र स्क्रिन फ्लिकरलाई नियन्त्रण गर्दछ । साओमीको यो नयाँ प्रविधिले आँखाको पूर्ण सुरक्षा गर्ने हुँदा दिनभर फोन चलाउँदा पनि आँखालाई आरामदायी दृश्य अनुभव प्राप्त हुन्छ । यो साओमीकै ‘फोर आईकेयर’ (4 EyeCare) प्रमाणपत्र प्राप्त गर्ने पहिलो स्मार्टफोन समेत बनेको छ ।
हार्दवेयर र ब्याट्री क्षमताका हिसाबले यो फोन ४ नानोमिटर प्रविधिमा आधारित शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ८५०० अल्ट्रा (MediaTek Dimensity 8500 Ultra) प्रोसेसरद्वारा सञ्चालित छ, जसले प्रोसेसिङ, ग्राफिक्स र एआई क्षमतामा उल्लेख्य सुधार ल्याउँदै मल्टिटास्किङ र आधुनिक गेमिङ अनुभवलाई सहज बनाउँछ। फोनमा ६,५०० एमएएच (mAh) क्षमताको विशाल ब्याट्री राखिएको छ, जुन अघिल्लो जेनेरेसनको तुलनामा १८ प्रतिशत बढी हो । यसलाई द्रुत गतिमा चार्ज गर्न ६७ वाटको फास्ट चार्जिङ प्रविधि उपलब्ध गराइएको छ ।
नेपाली बजारमा साओमी १७टी बैजनी, निलो र कालो गरी तीनवटा आकर्षक रङहरूमा खरिद गर्न सकिनेछ । बजार प्रवर्द्धनका लागि कम्पनीले एक विशेष अफर समेत सार्वजनिक गरेको छ, जसअन्तर्गत साओमी १७टी खरिद गर्ने प्रत्येक नेपाली ग्राहकले २४९९ रुपैयाँ मूल्य बराबरको ‘रेडमी बड्स ६ प्ले’ (Redmi Buds 6 Play) वायरलेस इयरफोन पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन् ।