दाँतमा समस्या आएपछि ओली अस्पताल पुगे

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या भएपछि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् ।

‘अध्यक्षज्यू दाँतको समस्या भएपछि अस्पताल आउनु भएको हो । अहिले उपचार भइरहेको छ,’ ओलीको सचिवालयका एक सदस्यले बताए ।

ओलीले प्राय स्वास्थ्य परिक्षण त्रिवि अस्पतालमै गराउँदै आएका छन् ।

सम्बन्धित समाचार