0
Shares
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूहरू संसद्को कार्यसूचीमा प्रवेश गर्न तयार भए पनि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा बोलेको कुरा रेकर्डबाट हटाउनु पर्ने बताएका छन्।
बिहीबार संसद् बैठक सुरु हुनासाथ आफ्नो भनाई राख्दै उनले यही जेठ १७ गते प्रधानमन्त्रीले सदनमा बोलेको कुरा संसद्को रेकर्डबाट हटाउनु पर्ने मागबाट आफूहरू पछि नहट्ने बताए।
‘प्रधानमन्त्रीले संसद्मै आएर प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनुपर्छ,’ साम्पाङले भने, ‘हाम्रा नियमावलीका विभिन्न नियमहरूलाई यहाँ अनदेखा गरिएको छ। सबै नियमहरू परिपालन गरेर सदनलाई मर्यादित ढंगले सञ्चालन गरिनुपर्छ। हामी कार्य सूचीमा प्रवेश गर्न तयार छौँ। तर हाम्रो माग सम्बोधन गरिनुपर्छ।’