नाडा ग्रीन ड्राइभ र्‍याली सम्पन्न

0 Shares

काठमाडौं ।  विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” र्‍याली कार्यक्रम सम्पन्न गरेको छ ।

AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI, Times Business–SKYWORTH र Nepal Insurance Company Limited को समर्थनमा विभिन्न विद्युतीय ब्राण्डहरुको सहभागितामा र्‍याली सम्पन्न भएको नाडाले जनाएको छ ।

नाडाको सचिवालय टेकुदेखि त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, कुपण्डोल हुँदै पुल्चोकस्थित द प्लाजा पुगेर र्‍यालि सम्पन्न भएको थियो ।

उक्त र्‍यालीमा सहभागी कूल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रती, नाडाका पूर्व अध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

र्‍यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए ।

सम्बन्धित समाचार