इरानी राष्ट्रपति चढेको हेलिकप्टर बेपत्ता

0 Shares

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

इरानी तसिन्म समाचारले राईसी चढेको हेलिकप्टरको वास्तविक अवस्था के छ ? भन्ने स्पष्ट नभएको जनाएको छ । राष्ट्रपति चढेको हेलिकप्टरसहित तीन हेलिकप्टर त्यसतर्फ गएका थिए ।

जसमा दुई वटा हेलिकप्टरमा मन्त्री र अधिकारीहरू सवार थिए । जो सुरक्षित गन्तव्यमा पुगेको बताइएको छ ।

सम्बन्धित समाचार