0
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठममा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सीमा विवाद कूटनीतिक रूपमा वार्ता गरेर समाधान गर्ने बताए ।
उनले नेपालले पनि भारतको जग्गा मिचेको आफुले भर्खरै थाहा पाएको बताए ।
सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भने, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ। मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ। भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। त्यसलाई चैँ दुई वटै देशले साथीको रूपमा बसेर समाधान गर्ने सोच राखेका छौँ।’