सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, यस्ता छन् सुविधा

0 Shares

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको छ । जसअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्ने छन् ।

यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्ने छन् । अभियानअन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको इएमआ सुविधा पनि पाउने छन् ।

ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८ हजारसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् । ग्राहकहरूको पहुँच अझ सहज बनाउन सामसङले निम्न निश्चित छुट सुविधा पनि उपलब्ध गराएको छ:

यस विशेष अफरसँगै एनसिएलको बोनस डेटा सुविधा पनि उपलब्ध हुनेछ:

नयाँ सार्वजनिक गरिएको ग्यालेक्सी एस २६ सिरिज, सामसुङको नवीनतम फ्ल्यागशिप इनोभेसन हो । जसले शक्तिशाली प्रदर्शन, उन्नत एआई आधारित फिचरहरू तथा प्रिमियम प्रयोग अनुभव प्रदान गर्दछ ।

साथै, ग्यालेक्सी ए५७ र ए३७ ५जीले ग्यालेक्सी ए शृखंलामा स्मार्ट एआई फिचर, भरपर्दो परफर्मेन्स तथा आकर्षक डिजाइन उपलब्ध गराउँदै दैनिक प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव दिने लक्ष्य राखेको छ ।

यो अफर सीमित अवधिका लागि (मे २७ देखि जुन ३० सम्म) देशभरिका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ । ग्राहकहरूलाई ईएमआई योजना, एक्सचेन्ज सर्त तथा अन्य जानकारीका लागि नजिकैको सामसङ स्टोरमा सम्पर्क गर्न अनुरोध गरिएको छ । नियम तथा सर्तहरू लागू हुने छन् ।

सम्बन्धित समाचार