काठमाडौं । टेलिटक प्रा.लि. रमेश कर्पअन्तर्गतको कम्पनीले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टरमार्फत पोको ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने छ ।
सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकहरूलाई द्रुत, भरपर्दो र ग्राहक मैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डाइग्नोस्टिक सुविधा तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ । जसले ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्ने छ ।
नेपालमा स्मार्टफोन तथा प्रविधि उपकरणहरूको प्रयोग तीव्र रूपमा बढिरहेको सन्दर्भमा गुणस्तरीय बिक्रीपछिको सेवाको आवश्यकता पनि बढ्दो क्रममा रहेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै टेलिटक प्रा। लिले पोको प्रयोगकर्ताहरूका लागि सहज र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ यो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
ग्राहकहरूले यहाँ डिभाइस जाँच, सफ्टवेयर सपोर्ट, वारेन्टी सेवा, मर्मत, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवाहरू प्राप्त गर्न सक्ने छन् ।
सर्भिस सेन्टर विवरण:
यस अवसरमा टेलिटक प्रा। लिका कार्यकारी निर्देशक संजय अग्रवालले ग्राहकलाई छिटो, पारदर्शी तथा विश्वसनीय सेवा प्रदान गर्नु कम्पनीको प्रमुख उद्देश्य रहेको बताए ।
साथै, नेपालमा पोको ब्रान्डको सेवा पहुँच विस्तार गर्दै ग्राहक सन्तुष्टि अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । सानेपास्थित यस नयाँ सर्भिस सेन्टरको सञ्चालनसँगै पोको प्रयोगकर्ताहरूले अब अझ सहज र व्यावसायिक बिक्रीपछिको सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।