0
Shares
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद्मा आउनेबारे संवाद भइरहेको जानकारी गराएका छन् । साथै, चाँडै मिति तय हुने सूचना पनि आफूले पाएको उनले मंगलबार प्रतिनिधिसभा बैठकमा जानकारी गराए ।
प्रधानमन्त्रीको उपस्थितिको विषयमा पटक पटक विपक्षी दलका नेताहरूसँग संवादहरू भएको र सत्तापक्षका नेताहरूसँग पनि संवाद भइराखेको उनले बताए । आज पनि प्रधानमन्त्रीको संसद्मा उपस्थिति हुनुपर्ने भन्दै विपक्षीहरूले अवरोध गरेका छन् ।
सो क्रममा सभामुख अर्यालले विपक्षीलाई आश्वस्त पार्दै भने, ‘प्रधानमन्त्रीसँग मेरो संवाद भइरहेको छ । प्रधानमन्त्री आउने तयारी गरिरहनुभएको छ । सदनमा भरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ । सरकार जानकार छ । यसकारणले आज पनि यहाँहरुले राख्नु भएको विष्पायमा मेरो ध्यानाकर्षण भएको छ । कार्यसूचीलाइ अगाडि बढाऔं ।’