0
Shares
काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको हो । नयाँ मूल्यअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्यमा पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४० रुपैयाँले बढेको हो ।
योसँगै आज चाँदीको मूल्य प्रतितोला ५ हजार १५० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।