जेठ ११ गते तपाईको दिन कति शुभ?

0 Shares

आज मिति २०८३ जेठ ११ गते सोमबार । सन् २०२६ मे २५ तारिख । नेपाल सम्बत ११४६ अनालाथ्व नवमी तिथि । आज बिहान ५ बजेर ११ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ५२ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

मिश्रित फलदायी दिन छ । समयमै आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । अर्थको अभावले बन्नैलागेको काम अधुरो रहन सक्छ ।

बृष

आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । तथापि, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिने समय छ । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, यसप्रति सचेत रहनुहोला ।

मिथुन

नियमित कार्यप्रति जाँगर बढ्ने र मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट र स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । मित्रबन्धूहरूसँगको जमघटले आनन्द दिलाउनेछ । फजुल खर्च वृद्धिको योग छ ।

कर्कट

परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कर्मफल प्राप्तिका लागि विशेष मिहेनत लगाउनुपर्ला । आयबल बढ्नेछ भने गीतसंगीत तथा रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुनसक्ने योग छ ।

सिंह

आश मारेको काम बन्ने सम्भावनाका कारण उत्साह जागृत हुने दिन छ । स्वास्थ्यमा केही कमजोरी महसूस हुन सक्छ, तर त्यसको बाबजुद बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

कन्या

वुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । सामाजिक उत्तरदायित्व बहन गर्दै भविष्यमा फाइदा हुने कार्ययोजना हात पर्न सक्छ । अप्ठ्यारो पार्नका लागि प्रतिस्पर्धीद्वारा गरिएको प्रयासप्रति सावधान रहँदै नियमित कार्यमा लागिपरे नसोचेको सफलता हात पर्ने योग छ ।

तुला

नियमित कार्यमा पनि राम्रै जाँगर चल्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । चिताएको काम बन्नाले प्रशन्नता मिल्ला । सन्तान पक्षबाट सुख मिल्ने छ ।

वृश्चिक

शुभदायी समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने देखिन्छ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । तथापि, पत्याइएका सहयोगीहरू पछि हट्ने र प्रतिस्पर्धीले सताउन सक्ने योग रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

धनु

आजको दिन अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । ज्यादा समय अरूका काममा समय खर्चनुपर्ने देखिन्छ । तर, आश मारेको काम बन्नाले उत्साह जाग्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला ।

मकर

मेहनतको फल प्राप्त हुने समय भए पनि अरूको भरपर्दा धोका मिल्न सक्छ । ब्यस्तता बढ्ने तर कामको परिणामचाहिँ परिश्रमभन्दा कमै मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । कठोर मिहेनतले परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

कुम्भ

विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आजको दिन दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तथापि, सुख–सुविधाका बस्तुमा खर्च वृद्धि हुन सक्छ, ध्यान राख्नुहोल । आरोग्यता र पराक्रम बढ्ने छ ।

मीन

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नियमित कार्यमा मन लाग्नेछ, गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आर्थिक लाभ हुने तथा भौतिक वस्तु प्राप्तिको योग छ । व्यापार तथा साझेदारीमा पनि फाइदा होला ।

सम्बन्धित समाचार