0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकमा तनाव उत्पन्न हुँदा प्रतिनिधिसभा सदस्य बैठक स्थलबाटै लखेटिएका छन् ।
कलैयामा आयोजित बैठकमा बारा जिल्लाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरविन्द साह, गणेश धिमाल र चन्दन सिंह सहभागी थिए । सहभागीका अनुसार उनीहरूले संस्थापक पक्षलाई दबाबमा पार्न खोजेपछि विवाद सुरु भएको थियो ।
विवाद बढ्दै जाँदा आक्रोशित कार्यकर्ताले उनीहरूलाई बैठक स्थलबाट धक्का दिएर बाहिर निकालेका थिए । अवस्था तनावपूर्ण भएसँगै प्रहरीले सांसदहरूलाई सुरक्षा दिन बाहिर निकालेको थियो ।
केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि रास्वपा बारा जिल्लामा विवाद सुरु भएको थियो ।