आज मिति २०८३ साल जेठ ७ गते बिहीबार । सन् २०२६ मे २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । अधिक जेठ शुक्लपक्ष । आज विश्व संस्कृति दिवस । बिहान ५ बजेर १४ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ४७ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन नसोचेको अनि बेकामको क्षेत्रमा ब्यय हुने सम्भावना रहेकोले खर्च गर्दा ध्यान राख्नुहोला । सामान्य रोगले सताउला, सजगता अपनाउनु उचित हुनेछ । भौतिक सरसामनको क्षति हुने योग छ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
बृष
मिश्रित फलदायी दिन रहेको छ । दिनको शुरुवातमा सुखको अनुभव होला तर बेलुकीसम्ममा जाँगर हराउन सक्छ । काम गर्नमा खासै मन नलाग्न सक्छ, तर बन्दैन भनेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सफल हुने योग छ । आफन्तको सहयोग प्राप्त होला ।
मिथुन
आज तपाईंले सोचेका काम पूरा भई सुखको अनुभव हुने देखिन्छ । पराक्रम वृद्धि होला । आर्थिक कारोबार राम्रै हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउला । रसरागमा आकर्षण रहनेछ । दाम्पत्यसुखमा रमाउने समय छ
कर्कट
नसोचेको ठाउँबाट आकस्मिक लाभ हुने समय छ । तर, परिवारमा सामान्य विवाद हुन सक्छ, ब्यवहारमा लचकता अपनाउनुहोला । कतै अतिथिका रूपमा सम्मान पाइने योग छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ ।
सिंह
आजको दिन खासै उत्साहवर्द्धक नरहला । अनावश्यक डरले सताउन सक्छ । मित्रजन पनि असहयोगी बनेको आभास हुनसक्छ । कसैसँग हल्का मनमुटाव हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर हुनेछ । चोटपटकको भय पनि छ ।
कन्या
पराक्रम वृद्धि हुने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । धन–मान प्रप्तिको योग छ । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ । समाजसेवा एवम् राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्ला ।
तुला
शुभदायी समय छ । ब्यापार व्यवसायमा राम्रै हुनुका साथै आम्दानीका बाटाहरु खुल्ने देखिन्छ । नचिताएको ठाउँबाट आम्दानी हुने योग छ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । आरोग्यबल वृद्धि होला ।
वृश्चिक
चिताएको काममा सहजताका साथ सफलता मिल्ने एवम् आर्थिक आर्जनको समय छ । अनौठो तरिकाबाट धनलाभ हुने देखिन्छ । मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् भने पुराना साथीसँगको भेटघाटले मन रमाउनेछ । परिवारबाट सुखको अनुभूति होला । विपरीतलिंगी मित्रको साथ रहने छ ।
धनु
आजको दिन परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्नेछ । रोकिएका काम पुनः सुरु गर्दा सफलता प्राप्त हुने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट विशेष साथ समर्थन एवम् भौतिक लाभ प्राप्त हुने सम्भावना छ ।
मकर
आर्थिक उपार्जनको दृष्टिले आजको दिन शुभदायी छ । सामाजिक सम्मान मिल्ने समय छ । रमणीय र सुखद यात्रा हुने देखिन्छ । साथीभाइको सहयोगका साथै मिठो भोजन प्राप्त होला । खेलकुद एवम् रसरागमा आकर्षण बढ्ने छ ।
कुम्भ
केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । नियमित काममा खासै जाँगर चल्ने देखिन्न । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुने योग छ । प्रतिष्पर्धी हाबी हुनसक्ने सम्भावनाप्रति सजग रही व्यवहार गर्नु उचित हुनेछ ।
मीन
कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उपयुक्त रहनेछ । शुभता र साहस वृद्धिको समय छ । काममा जाँगर चल्नेछ भने धनलाभको योग रहेको छ । सन्तान पक्षबाट सुखको अनुभुति होला । अथक मिहेनतबाट रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।