३३ सयले घट्यो सुनको भाउ

0 Shares

काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ३ हजार ३०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो मंगलबार एक तोला सुनको मूल्य २ लाख ९५ हजार ३०० रुपैयाँ रहेकोमा आज बुधबार २ लाख ९२ हजार रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्य तोलामा १२५ रूपैयाँले घटेर ४ हजार ९६० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार