आज मिति २०८३ साल जेठ ६ गते बुधबार । सन् २०२६ मे २० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । विश्व मौरी दिवस । आज बिहान ५ बजेर १५ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ४७ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
नियमित दैनिकीमा परिवर्तन नआएपनि मित्रजनसँगको भेट र आर्थिक उन्नतिका लागि गरिएको छलफलले उत्साह जगाउने समय छ । साहसिक कर्ममा विशेष आकर्षण रहला । प्रेमभाव बढ्नेछ भने सन्तान पक्षबाट सुख प्रािप्त हुनेछ । स्वास्थ्य सामान्य रहनेछ ।
बृष
व्यस्तता बढे पनि रोकिएका काम अघि बढ्नाले मनमा सन्तुष्टिको भाव रहने समय छ । रोकिएको काम मिहिनेतले अघि बढ्लान् । बौद्धिकता(रचनात्मकताका साथ सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ । लामो यात्राका लागि अनुकल समय छ । सुख सुविधाको वस्तु खरिदमा खर्च केही बढ्न सक्छ ।
मिथुन
पराक्रम वृद्धि भइ रोकिएका कामले गति लिने समय छ । सहयोगको आशा देखाउनेले साथ नदिन सक्छन्, तर आफ्नै प्रयत्नले कामलाई निरन्तरता दिन सकिनेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा विशेष आकर्षण रहला ।
कर्कट
ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धिको समय छ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीहरू जुट्नाले जस्तोसुकै जटिल कामबाट पनि फाइदा उठाउन सकिएला । घरखर्चमा केही वृद्धि हुने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
सिंह
भाग्य बलवान् रहनाले रोकिएका काममा पुनः प्रयास गर्दा सफलताा मिल्ने दिन छ । तथापि, नाता(सम्बन्ध गाँसेर फाइदा उठाउन खोज्नेहरूले सताउन सक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइएला । मिठो भोजन प्राप्ति र नियमित कार्यमा जाँगर वृद्धि हुनेछ ।
कन्या
मिश्रित फलदायी समय छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । अनावश्यक तर्कले विवाद निम्त्याउन सक्छ, बोली(व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा आर्थिक विवादमा परिने योग छ । साझेदारीको काम बन्ने छ ।
तुला
समय मनोरञ्जनपूर्ण र उत्साहवद्र्धक रहला । वैदेशिक क्षेत्रबाट लाभको मौका जुर्ने देखिन्छ । स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । पितृधन समेत लाभ हुने सम्भावना छ । व्यापार व्यवसायबाट विशेष लाभ लिने प्रयत्न गर्दा मिहेनत खेर जाँदैन । प्रगतिको दर बढ्नाले आनन्द वृद्धि हुनेछ ।
वृश्चिक
मिश्रित फलदायी दिन छ । लामो समयदेखि बिछोडिएका मित्रसँग भेटघाट हुनसक्छ । बौद्धिक तथा रचनात्मक कामकाजले तीव्रता लिएपनि नियमित कार्यमा भने खासै उत्साह नरहला । पारिवारिक समस्याको समाधान मिल्ने छ । सन्तानपक्षबाट सुखप्राप्तिको योग छ ।
धनु
भाग्यबल र शुभता बढ्नेछ । आजको दिन पराक्रम वृद्धिका साथ शत्रुमाथि विजय प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ भने विवेकको सही प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ । सामाजिक कार्यले प्रशंसा र प्रतिष्ठा बढाउल । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ । आर्थिक कार्यमा विशेष सफलता मिल्ने छ ।
मकर
आजको दिन व्यस्तता तथा दौडधुप बढ्नेछ । लामो समयदेखि रोकिएका काम मिहेनतले अघि बढ्न सक्छ । काममा मित्रजनको सहयोग प्राप्त हुनेछ । विपरीतलिंगी मित्रबाट विशेष साथ मिलेको अनुभूति होला । मनोकूलता वृद्धिका साथै रसरागमा आकर्षण रहनेछ ।
कुम्भ
कर्मबल वृद्धि र उन्नति(पदोन्नतिको समय छ । नियमित कार्यमा लगाव रहला । आरोग्यबल वृद्धि हुनेछ भने दाम्पत्यसुख रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक तथा कलात्मक काममा मिलेको सफलताले उत्साह बढाउनेछ । पारिवारिक सुखशांति बढ्ने योग छ ।
मीन
आंशिक सफलताको दिन छ । महत्वपूर्ण कार्ययोजना थाती राखेर सानातिना काममा ध्यान लगाउनु उचित होला । मित्रजनबाट हौसला मिल्नेछ तर आर्थिकरूपले आजको दिन खासै सफलतादायी नरहने देखिन्छ । मिठो भोजन प्राप्तिले मन आनन्दित तुल्याउने छ ।