आज मिति २०८३ साल जेठ ५ गते मंगलबार । इस्वी सन् २०२६ मे १९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । आज दिउँसो ३ बजेर २३ मिनेटदेखि बेलुकी ५ बजेर ७ मिनेटसम्म राहुकाल रहने हुनाले सचेत रहनु होला । आज बिहान ५ बजेर १५ मिनेटमा काठमाडौँमा झुल्किएको घाम बेलुकी ६ बजेर ४६ मिनेटमा अस्ताउने छ ।
मेष
आजको दिन उत्साहवर्द्ध रहला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्ला । व्यवहारले नयाँ ज्ञान दिलाउन सक्छ । श्रमको उचित मूल्यांकन हुनुका साथै पढाइलेखाइमा मन जानेछ ।
बृष
मन लगाएर प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । कीर्तिमानी काम गर्न सकिएला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । व्यापारमा पनि राम्रै फाइदा हुने योग छ । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । आरोग्यबल वृद्धि हुनेछ ।
मिथुन
आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा अनावश्यक चासो लिँदा झमेला आइपर्न सक्छ, ध्यान राख्नुहोला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।
कर्कट
अनुकूलता वृद्धि हुने र रोकिएको काममा सफलता मिल्ने देखिन्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । विशेष योजनामा मित्रजनको सहयोग प्राप्त होला । आयआर्जनका स्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । साझेदारीमा पनि राम्रै फाइदा होला ।
सिंह
शुभदायी दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् सुखद समाचारले उल्लास बढाउला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । मित्रजन, सन्तान वा अनुयायी अनि मातृशक्तिको सल्लाह–सहयोगले विशेष फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुने देखिन्छ ।
कन्या
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ भने अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । साझेदारीको काममा आंशिक सफलता मिल्न सक्छ ।
तुला
उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । अरूका काममा ज्यादा समय बित्ने देखिन्छ । महत्वपूर्ण काम अधुरो रहनाले मन खिन्न रहन सक्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउला, खानपानमा विशेष सजगता अपनाउनुहोला । अनावश्यक भ्रमणबाट जोगिनु हितकर होला ।
वृश्चिक
भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । भौतिक साधन जुट्नुका साथै आयआर्जनको स्रोत वृद्धि होला ।
धनु
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय रहेकोले विशेष योजना थाती राखेर नियमित कर्ममा ध्यान लगाउनु उचित होला । चोरी वा ठगीमा परिने सम्भावना छ, सजगता अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सचेत रहनुपर्नेछ । अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ ।
मकर
आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्न सक्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ । आर्थिक व्यवहारमा सजग रहनु उचित हुनेछ ।
कुम्भ
रोकिएका काम बन्नाले उत्साह जागृत हुने दिन छ । दाम, इनाम र प्रतिष्ठा आर्जन गरी आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिएला । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ ।
मीन
दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने रमाइलो यात्राको सम्भावना छ ।