जेठ ४ गते सोमबारको तपाईको दिन कति शुभ?

0 Shares

आज मिति २०८३ साल जेठ ४ गते सोमबार । इस्वी सन् २०२६ मे १८ तारिख । नेपाल संवत् ११४६ । जेठ शुक्ल पक्ष तिथि । बिहान ६ बजेर ५६ मिनेटदेखि ८ बजेर ३८ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै पनि शुभ कार्य नगर्न अनुरोध । आज बिहान ५ बजेर १६ मिनेटमा झुल्किएको घाम बेलुकी ६ बजेर ४५ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

व्यस्तता बढे पनि मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ । आश मारेको काम पनि अथक प्रयासमा बनेर मन प्रशन्न रहला । आफन्तजनको साथ सहयोग प्राप्त होला । हितैषी मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । दौडधुप बढे पनि परिणाम सकारात्मक र सन्तोषदायी नै रहनेछ ।

बृष

शुभदायी, सुखदायी समय छ । आम्दानीका बाटाहरू खुल्नेछन् भने ब्यापार ब्यवसायमा राम्रै उपलब्धि हातपर्ने देखिन्छ । आवश्यक तथा उपलब्धीमूलक रमाइलो यात्राको योग छ । सकारात्मक तथा व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापारबाट विशेष लाभ मिल्ला । स्वास्थ्य पनि सबल रहने छ ।

मिथुन

मिश्रित फलदायी समय छ । ब्यस्तता बढ्नेछ तर कामका परिणाम सुखदायी नरहन सक्छन् । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने सम्भावना छ । स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति होला । चोटपटकको भय रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

कर्कट

नियमित कार्यमा जाँगर वृद्धिका साथै आर्थिक उपार्जनको समय छ । नयाँ कामको योजना बनाएर अघि बढ्नु दीर्घकालिक हितको विषय बन्न सक्छ । आजको दिन सन्तानपक्षबाट सुखको अनुभुति होला । ब्यापार–ब्यवसायबाट राम्रै लाभ मिल्ने देखिन्छ । मित्र एवम् आफन्तजनको सहयोगले विशेष सफलता मिल्ने योग छ ।

सिंह

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि होला । समाजसेवा र राजनीतिमा वर्चश्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्ने देखिन्छ । नियमित कार्यमा भने खासै जाँगर नचल्ने देखिन्छ । निकटजनको कमजोरीका कारण काममा झमेलाको सामना गर्नुपर्ने योग छ ।

कन्या

नियमित कार्यमा अनुकुलता र जाँगर वृद्धि हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । दाम्पत्यजीवन सुखमय रहनेछ भने परोपकार र धार्मिक क्षेत्रमा विशेष आकर्षण रहला । कृषिसम्बन्धी कार्यबाट फाइदा लिन सकिनेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको योग छ ।

तुला

आर्थिक दृष्टिले शुभदायी समय छ । आत्मियजनबाट विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुने देखिन्छ । कतै आकस्मिक निम्तोमा सहभागी हुने योग छ । अनुकूलता वृद्धि हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले प्रायः सबै कामहरू बन्ने छन् । आमोदप्रमोदका अवसर जुर्ने छन् ।

वृश्चिक

केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ । नियमित कार्यमा पनि अलमल वा ढिलासुस्ती हुन सक्छ । खानपानको गडबडीले स्वास्थ्य कमजोर रहनसक्ने सम्भावना छ, विशेष ध्यान रदिनुहोला । यात्रागत कार्य गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नुहोला, जबर्जस्ती गर्दा असफलता हातलाग्न सक्छ ।

धनु

धन आर्जनका माध्यमहरू फेलापर्ने र सोचेअनुसार काममा सफलता मिल्ने समय छ । पुराना मित्रजनसँग भेटघाट हुने योग छ, भेटले मन रमाउला । आज अनौठो तरिकाबाट धनलाभ हुनसक्ने देखिन्छ । परिवारका सदस्यहरूबाट सुख प्राप्त हुनेछ । आयआर्जन वृद्धि एवम् मिठो भोजन प्राप्त होला ।

मकर

नियमित कार्यमा जाँगर बढ्ने, पराक्रम वृद्धिका साथै बुद्धि–विवेकको सही प्रयोग भइ चिताएका काममा सफलता मिल्ने समय छ । व्यापारिकरव्यवसायिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिनेछ । महत्वपूर्ण कार्यमा कसैबाट साथ(समर्थन एवम् धनप्राप्तिको योग छ ।

कुम्भ

कर्मबल वृद्धि हुनुका साथै नियमित कार्यमा जाँगर बढ्ने समय छ । अनौठो तरिकाबाट धनलाभ हुने योग छ । यात्रागत कार्य मनोरञ्जनात्मक हुनुका साथै फलदायी रहला । परिवारमा खुशीको माहोल रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । विपरीतलिंगीको सहयोगले महत्वपूर्ण कार्य बन्ने देखिन्छ ।

मीन

नियमित कार्यमा चुनौती केही बढ्नसक्ने दिन छ । भौतिक सरसामनको क्षति हुने सम्भावना छ, सजग रहनुहोला । सबल स्वास्थ्यका लागि आहारविहारमा ध्यान दिनुहोला । खर्च केही बढ्नसक्छ । फजुल खर्च नियन्त्रणको प्रयास गर्नु उचित होला । भौतिक साधनको क्षति हुने योग छ, अत्यन्त सावधान रही खतरा टार्न सकिने छ ।

सम्बन्धित समाचार