ट्रम्पले भने– खाडी देशहरूको आग्रहमा इरानमाथिको आक्रमण रोके

0 Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारका लागि तय गरिएको इरानमाथिको सैन्य आक्रमण रद्द गरेको बताएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूले आक्रमण रोक्न आग्रह गरेपछि रद्द गरिएको लेखेका छन्।

उनले लेखे,‛मलाई कतारका अमीर तमिम बिन हमद अल थानी, साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान अल साउद र युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले इरानमाथि हुने हाम्रो योजनाबद्ध सैन्य हमला स्थगित गर्न आग्रह गरेका छन्, किनकि हाल गम्भीर वार्ताहरू भइरहेका छन्।’

ट्रम्पले अमेरिका, मध्य पूर्व र अन्य देशहरूलाई स्वीकार्य सम्झौता हुने विश्वास व्यक्त गरे। यस सम्झौताको सबैभन्दा महत्त्वपूर्ण तत्व इरानसँग आणविक हतियार नहुने भन्ने छ।

ट्रम्पले लेखे,‛यी नेताहरूप्रति सम्मान व्यक्त गर्दै मैले रक्षा सचिव पिट हेगसेथ, संयुक्त प्रमुख स्टाफका अध्यक्ष जनरल डेनियल केन र अमेरिकी सेनालाई निर्देशन दिएको छु। हामी भोलि इरानमाथि आक्रमण गर्नेछैनौं। यद्यपि, स्वीकार्य सम्झौता नभएमा तुरुन्तै इरानमाथि ठूलो आक्रमण गर्न तयार रहन पनि निर्देशन दिएको छु।’

सम्बन्धित समाचार