सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर-नेपाल’ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

0 Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर–नेपाल’ बाट सम्मानित भएको छ ।

भारतीय च्याम्बर अफ कमर्स (आईसीसी) द्वारा थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहमा उक्त पुरस्कार घोषणा गरिएको हो । कम्पनीले प्राप्त गरेको आधिकारिक ट्रफी र प्रमाणपत्र हाल केन्द्रीय कार्यालयमा ग्रहण गरिएको छ ।

यो अवार्डले सिटिजन लाइफ इन्स्योरेन्सको सुदृढ वित्तीय अवस्था, गुणस्तरीय ग्राहक सेवा, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग तथा जीवन बीमामा पहुँच विस्तार गर्न खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा पुनः पुष्टि गरेको कम्पनीले जनाएको छ ।

पुरस्कार प्राप्तिपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले यो उपलब्धि सम्पूर्ण संस्थाको सामूहिक प्रयासको परिणाम भएको बताए । उनले ग्राहकको विश्वास, अभिकर्ता तथा कर्मचारीको समर्पण र मेहनतकै कारण यो सम्मान सम्भव भएको उल्लेख गर्दै अवार्ड सम्पूर्ण सिटिजन परिवारलाई समर्पित रहेकोबताए ।

कम्पनीले आगामी दिनमा सेवाहरूलाई अझ सुरक्षित, भरपर्दो, आधुनिक र प्रविधिमैत्री बनाउँदै जीवन बीमालाई सर्वसाधारणसम्म सहज रूपमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

 

सम्बन्धित समाचार