एनएमबी बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा स्वास्थ्य सेवामा छुट

0 Shares

काठमाडौं । एनएमबी बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि भारतस्थित मेदान्त अस्पतालमा विशेष छुटसहित स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

बैंकका अनुसार उक्त सहकार्यपछि ग्राहकले अस्पतालका विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट पाउनेछन् । ओपीडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवा र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

त्यस्तै, आईपीडी सेवाअन्तर्गत रुम भाडा तथा विभिन्न परीक्षण सेवामा १० प्रतिशत छुट दिइने बैंकले जनाएको छ ।

ग्राहकको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो सहकार्य गरिएको बैंकले उल्लेख गरेको छ ।

थप जानकारीका लागि ग्राहकले बैंकको ग्राहक सेवा केन्द्र वा इमेलमार्फत सम्पर्क गर्न सक्नेछन् ।

एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार