पोखरा। नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक ईभीले आफ्नो विस्तार अभियानलाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा नयाँ ‘चेतक एक्सपेरियन्स जोन’ सञ्चालनमा ल्याएको छ।
वैशाख ३१ गते आयोजित उद्घाटनसँगै सञ्चालनमा आएको यो शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पुर्याउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रतिनिधिहरू तथा नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।को व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो।
आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई ध्यानमा राख्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक–केन्द्रित सेवाहरू समेटिएका छन्। उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक ईभीका विशेष सेवा सुविधासमेत एउटै स्थानमा उपलब्ध गराइएको छ।
शोरुममा आउने ग्राहकहरूले डिजिटल प्रोडक्ट डिस्प्ले मार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन्। साथै प्रशिक्षित ईभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चार्जिङ समाधान तथा स्मार्ट फिचर सम्बन्धी परामर्श पनि प्राप्त गर्न सकिनेछ।
चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिबिम्बित गर्ने गरी निर्माण गरिएको यस शोरुममा आधुनिक इन्टेरियर तथा इन्टरएक्टिभ टचपोइन्टहरू समावेश गरिएका छन्, जसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अगोषमान बुद्धाचार्यले भने, “पोखरामा चेतक एक्सपेरियन्स जोनको सञ्चालनसँगै हामी नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चालिरहेका छौं। चेतक ईभी परम्परा, नवप्रवर्तन र दैनिक प्रयोगको सहजताको उत्कृष्ट संयोजन हो। यस नयाँ केन्द्रमार्फत ग्राहकहरूले सो अनुभव अझ नजिकबाट महसुस गर्न सक्ने विश्वास लिएका छौं।”
बजाज चेतकको बारेमा :
बजाज चेतक इलेक्ट्रिक दुईपाङ्ग्रे क्षेत्रमा एक अग्रणी नाम हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई स्थायित्व, शैली र स्मार्ट कनेक्टिभिटीसँग जोडेको छ। क्लासिक डिजाइन र आधुनिक कार्यक्षमताको संगम रहेको यो स्कुटर नेपाली बजारमा विश्वसनीय इलेक्ट्रिक स्कुटरमध्ये एकका रूपमा स्थापित छ।