सीको भनाइ सापटी लिँदै इरानी सभामुखले भने : विश्व नयाँ युगको सँघारमा उभिएको छ

0 Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेपछि इरानले विश्व नयाँ युगतिर अघि बढिरहेको बताएको छ।

इरानी संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले चीनका राष्ट्रपति सी चिनफिङको भनाइमा सहमति जनाएका हुन्।

गालिबाफले एक्समा लेखेका छन्, ‘विश्व नयाँ युगको सँघारमा उभिएको छ। राष्ट्रपति सी चिनफिङले भनेझैँ गत शताब्दीमा नदेखिएका परिवर्तन अब विश्वभर द्रुत गतिमा फैलिरहेका छन्।’

उनले अगाडि लेखेका छन्, ‘म जोड दिन्छु- दृढताका साथ उभिन इरानले ७० दिन गरेको प्रयासले यो परिवर्तनलाई अझ तीव्र बनाएको छ। भविष्य ग्लोबल साउथको हो।’

उल्लेखनीय छ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प गत शुक्रबार मात्र चीन भ्रमणबाट फर्केका थिए। भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरे। उनले भ्रमणलाई ‘धेरै सफल र अविस्मरणीय’ भने।

उता चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले भ्रमणलाई ‘ऐतिहासिक र कोसेढुंगा’ भनेरका छन्। यद्यपि चीन र अमेरिकाबिच कुनै पनि प्रमुख व्यापार सम्झौता वा नयाँ सम्झौता भएन।

 

सम्बन्धित समाचार