काठमाडौं। सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई छाड्न आदेश दिएको हो।
सर्वोच्चले सिआइबीको हिरासतबाट पाण्डेलाई छाड्न आदेश दिएको हो। उनलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै परिवारले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। उनका तर्फबाट श्रीमती निरु दाहालले बन्दीप्रत्यक्षीकरण निवेदन बुधबार दर्ता गरेकी थिइन्।
पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रमा सवारी जाँचका क्रममा मंगलबार राति पक्राउ गरिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुन्धान व्यूरो ९सिआईबी०ले उनलाई स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेको थियो। हाल स्मार्ट टेलिकम बन्द रहेको छ। नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतःरद्द भएको थियो। उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।