काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि सांसदहरुले आ–आफ्नो पार्टीबाट धारणा राखी रहेका छन् । राष्ट्रपतिले संसदमा वैशाख २८ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री बालेन्द्र शाह संसदबाट निस्किएपछि उनको आचलना भएको हो । संसदीय मर्यादा विपरित राष्ट्रपतिको पदीय हैसियतलाई ख्याल नगरेर प्रधानमन्त्री गएको भन्दै मिडियादेखि सामाजिक सञ्जालमा विरोध भयो । लगत्तै सोमबार राती प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जालबाटै बचाउमा उत्रिएपछि तत्काल स्टाटस हटाउनुपर्ने अवस्था भयो ।
संसदमा बुधबार प्रधानमन्त्री अनुपस्थित भएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी लगायत विपक्ष दलहरु एक ढिक्का भइ विरोध जनाए । बुधबारको संसद बैठक दुई पटक स्थगित भएपछि सभामुखले प्रधानमन्त्रीले जवाफ अवस्था बनाउने सुनिश्चित गरेपछि बिहीबारदेखि संसद चलेको छ ।
प्रधानमन्त्री निर्वाचन अवधिभर जम्मा २७ मिनेट मात्रै बालेको भन्दै चर्चा समेत भएको थियो । पुराना दलका नेताहरुको लामा भाषण सुनेर दिक्क भएका मतदाता बालेनको नबोल्ने स्वभाव खुबै मन पराए । बालेनकै कारण रास्वपाले झण्डै दुई तिहाई बहुमत समेत प्राप्त गर्यो । जसका कारण सरकार बनाउन अरु कुनै दलको सहकार्यको जरुरी भएन । रास्वपाबाट बालेनले सरकारको नेतृत्व गरेका छन् । पछिल्लो समय बालेनको मौनतामा विपक्ष दल मात्रै होइन रास्वपाकै सांसदहरुलाई बालेनको मौनता मन परेको छैन ।
सांसददेखि जनतासम्म बालेनको मनौता देखेर दिक्क भई सकेका छन् । निर्वाचनदेखि प्रधानमन्त्री हुँदासम्म बालेनले आफूलाई रहस्यम पात्रको रुपमा राखेका छन् । देश बनाउने भिजन के हो ? भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने, शिक्षा, स्वास्थ्य, विकास निर्माण, रोजगारी श्रजनासम्मका योजना सुन्न मतदाता आतुर भई सकेका छन् । बालेनले सामाजिक सञ्जालबाट व्यक्त गर्ने विचारलाई मात्रै सबैले पछ्याउने पर्ने अवस्था बनेको छ । बालेनले आफ्नो मौनता कामबाट एकपछि अर्को गर्दै तोडे पनि संसदबाट कसरी मुख खोल्छन् सबैले प्रतिक्षा गरेका छन् ।