0
Shares
काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य प्रतितोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ३७ हजार ९०० कायम भएको थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा एक लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो साता सुनको मूल्यले कीर्तिमानसमेत बनाएको थियो ।
साताको बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४० हजार रुपैयाँ कायम भएको थियो । जुन, अहिलेसम्मकै सर्वाधिक हो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा टछ रुपैयाँले बढेको छ । गत साता १७ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य यो शुक्रबार १८ सय रुपैयाँमा कारोबार भएको छ ।