जेठ महिनालाई बैंकहरूले सार्वजनिक गरे नयाँ ब्याजदर

0 Shares

काठमाडौं। वणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले प्रकाशित गरेको सूचनाअनुसार वैशाखको तुलनामा जेठमा निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।

व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर वैशाखको ४.४ प्रतिशतविन्दुबाट घटेर जेठमा ४.३४३ प्रतिशत कायम भएको छ। संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत दर पनि ३.२२९५ प्रतिशतबाट झरेर ३.२०४ प्रतिशत पुगेको छ।

जेठका लागि १२ वटा बैंकको ब्याजदर स्थिर छ भने पाँचवटाले घटाएका छन्। ब्याजदर घटाउनेमा एनआईसी एसिया, हिमालयन र नेपाल बैंक रहेका छन्। यी बैंकले व्यक्तिगततर्फको ब्याजदरमा ०.२५ प्रतिशत कटौती गरेका छन्। यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले पनि ब्याजदर घटाएका छन्।

ब्याजदर बढाउनेमा सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत मुद्दती निक्षेपको अधिकतम दर ०.५ प्रतिशत रहेकाे छ।

सम्बन्धित समाचार