आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले दिए राजीनामा

0 Shares

काडमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा।चण्डिका भट्टले बुधबार राजीनामा दिएका छन् । उनले केहीबेर अघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीलाई राजीनामा बुझाएका हुन् ।

राजीनमा बुझाएर भट्ट निगमको केन्द्रीय कार्यालय परिशरमा पुगेका थिए । भट्टलाई करिब एक साताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन् ।

राजीनामा नदिए बर्खास्त गर्ने प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको थियो । त्यसपछि उनले केही दिनको समय माग गरेका थिए । भट्टलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार