मन्त्रिपरिषद्का चार निर्णय

0 Shares

काठमाडौँ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण चार वटा निर्णय गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार बिहानका लागि बोलाएको मन्त्रिपरिषद् बैठकले चार वटा महत्त्वपूर्ण निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले जानकारी दिए ।

तिमिल्सिनाका अनुसार सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने, विद्युतीय सुशासन सञ्चालन आदेश २०७९ को संशोधन स्वीकृत गर्नेलगायत निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का ९बाग्लुङ र योगेश गौचन थकाली (मुस्ताङ)लाई मनोनय गर्ने निर्णयसमेत गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए । बैठकपछि पत्रकार सम्मेलनमार्फत् उनले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

त्यसैगरी बैठकले भूमि सम्बन्धी २१ औँ संशोधन नियम २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार