हर्क नेतृत्वको श्रम पार्टीमा सुदन किराती जाने सहमती

0 Shares

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती समूहबिच एकताको सहमति भएको छ । बिहीबार राती भएको दुई पक्षीय वार्ताका क्रममा एकतासम्बन्धी सहमति भएको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताका साथै उनी निकटका केही नेताको व्यवस्थापन गर्नेगरी एकताको सहमति भएको हो ।

सहमतिसँगै आजै एकताको घोषणा गर्नेगरी राजधानीमा कार्यक्रम राखिएको छ ।  पूर्वमाओवादी नेता किराती चुनावअघि प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । तर, सो पार्टीपनि उनले परित्याग गरेका थिए ।

तत्कालीन माओवादीमा हुँदा तीन पटक सांसद र एक पटक मन्त्री भएका थिए । माओवादी परित्याग गरेपछि जनार्दन शर्मासँग आवद्ध भई प्रलोपमा सक्रिय भएका थिए । गत निर्वाचनमा प्रलोपा शुन्य भएपछि हर्क नेतृत्वको पार्टीमा प्रवेश गरेका हुन् ।

सम्बन्धित समाचार