0
Shares
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट भएको छ । बिहीबार १६ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज ७०० रुपैयाँ घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार ३०० रुपैयाँ कामय भएको छ । बिहीबार एक लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ३९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले गिरावट भएको हो ।