दाङको सिरिचौर खानेपानी समितिको अध्यक्षमा गिरी

0 Shares

काठमाडौं । दाङ–देउखुरी, राप्ती गाउँपालिका–३ स्थित सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको छैटौं वार्षिक साधारणसभाबाट तुला गिरी निर्वाचित भएका छन् । गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

यस्तै उपाध्यक्षमालक्ष्मी पोखरेल, सचिवमा सन्तोष अधिकारी, कोषाध्यक्षमा लुमबहादुर केसी चयन भएका छन्।

यस्तै सदस्यहरुमा रुद्रमणि शर्मा, रूपा गिरी, खेतुलाल बिष्ट, नामदेव भुसाल, भगवता मल्ल, छविलाल खनाल, टिका नेपाली, सावित्रा थापा र प्रमिला घर्ती चयन भएका छन् ।

सम्बन्धित समाचार