काठमाडौं । केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा दिपक पौडेल निर्वाचित भएका छन् । संस्थाको ८औँ साधारणसभा तथा तेस्रो अधिवेशनबाट निकटतम प्रतिद्वन्द्वी घनश्याम डुम्रेलाई १०७ मतान्तरले हराउँदै उनी विजयी भएका हुन् ।
पौडेलले ५०४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी घनश्याम डुम्रेले ३९७ मत पाए । त्रिपक्षीय प्रतिस्पर्धी रहेको चुनावमा अर्का उम्मेदवार जागेश्वर पंगेनीले १६२ मत ल्याएका थिए ।
उपाध्यक्ष पदमा दानबहादुर थापा ३४८ मत सहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी खेमनारायण काफ्लेले २८७ र बलिराम भरले २५६ मत प्राप्त गरे । यस्तै सचिवमा पिताम्बर खरेल ३९७ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी चित्रबहादुर गुरुङले ३१० तथा नवराज काफ्लेले १९२ मत प्राप्त गरे । सह–सचिवमा शोभा भाट क्षेत्री ३३३ मत सहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी बत्ती थापाले २३८ र गीता शर्माले २७७ मत पाए ।
यस्तै, कोषाध्यक्षमा रामप्रसाद पंगेनी ४०८ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी मनोज कुँवरले २४६ र विष्णुप्रसाद अर्यालले २४० मत प्राप्त गरेका थिए । कार्य समिति खुल्ला सदस्यमा विष्णु प्रसाद न्यौपाने, घनश्याम पंगेनी र हरिराम अहिर निर्वाचित भएका छन् । महिला सदस्यमा दिलु थापा मगर र इश्वरी देवी पोखरेल विजयी भए ।
लेखा समिति संयोजकमा मोहन गिरी २७० मत सहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी रामबहादुर पराजुलीले २४५ मत प्राप्त गरे । लेखा समिति सदस्यमा चन्द्रकान्त न्यौपाने र कृष्णकुमारी कँवर जोगी निर्वाचित भए । निर्वाचन समितिका अनुसार कुल एक हजार २६५ मतदातामध्ये सोही संख्यामा मत खसेको थियो ।