0
Shares
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिमासम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरेको हो ।
नेपाल बिमा प्राधिकरणले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बिमासम्बन्धी ऐनको दफा १४० को उपदफा (१)को खण्ड (६) सम्बन्धी कसुर गरेको भन्ने उल्लेख भई आएको प्रहरीले जनाएको छ ।
सोही आधारमा सोमबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मंगलबार कागेश्वरी मनोहरा नगरपालिका ५ बाट उनलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको सीआईबीले जनाएको हो ।