0
Shares
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा जलेका गाडीको नाममा कर्मचारीले इन्धन दुरुपयोग पाइएको छ । स्वास्थ्य मन्त्रालयका कर्मचारीले इन्धन दुरुपयोग गरेसँगै स्वास्थ्य मन्त्री निशा मेहताले अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएकी छन् ।
‘जेनजी’ आन्दोलनमा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिन गर्ने जिम्मेवारी दिएकी हुन् ।
आन्दोलनमा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालयअन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए । पूर्ण रूपमा क्षति भएका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन लिने गरेका हुन् ।
त्यसैगरी स्वास्थ्य र खानेपानी मन्त्रालय मातहत संरचनामा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।