0
Shares
काठमाडौं । व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई हिरासतमा राख्न म्याद थप गरेको हो ।
दण्डपाणि लामिछानेको इजलासले सोमबार गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष गोल्छालाई गत वैशाख १० गते धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो।